राष्ट्रपतिसमक्ष चारमन्त्रीले लिए सपथ : आजै पदबहाली गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चारजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्

राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री छन् ।

मन्त्रिपरिषद्मा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो । नवनियुक्त मन्त्री तथा राज्यमन्त्री आजै मन्त्रालयमा पुगी मन्त्री पदको बहाली गर्ने कार्यक्रम छ ।

  • १३ असार २०७९, सोमबार १२:१२ प्रकाशित