ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूले पुन आमरण अनसन बस्ने चेतावनी दिएका छन् । आफूहरूको मागको सम्बोधनमा बेलायत सरकार उदासीन भएको भन्दै उनीहरुले पुनस् आन्दोलनको तयारी गरेका छन् ।
यसअघि १३ दिनपश्चात आमरण अनशन तोडेका उनीहरू १० महिना बितिसक्दा पनि वार्ता नभएको भन्दै पुनस् अनशन बस्न लागेका हुन् । लामो समयदेखि समानताको आन्दोलन गरिरहेका गोर्खाहरूको छाता संगठन गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आइतबार गरेको छलफलपछि २१ जुलाईदेखि पुनस् आमरण अनशनमा जाने निर्णय गरेको छ ।
तलब, पेन्सन अन्य सेवा-सुविधालगायतमा विभेद अन्त्यको माग राख्दै भूपू गोर्खा सैनिकले तीन दशकदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।