यी जिल्ला बाढी–पहिरोको उच्च जोखिममा : यस वर्ष २० लाख मानिस प्रभावित हुने आँकलन

केन्द्रभाग मिडिया

काठमाडौं ।

यस वर्ष बाढी पहिरोको उच्च जोखिम रहेको मौसम विद्हरुले बताउँदै आएका छन् ।

मनसुनका कारण आउने बाढी र पहिरोका कारण यस वर्ष २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ । कुल प्रभावित मध्ये ५ लाख मानिसलाई उद्धार र राहतको व्यवस्था गर्नुपर्ने प्रक्षेपण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यस वर्ष २२ वटा जिल्ला पहिरोको उच्च जोखिममा छन् । बाढीको उच्च जोखिममा २३ वटा जिल्ला छन् । इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी पहिरोको उच्च जोखिममा छन् ।

बाढीको उच्च जोखिममा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत कैलाली र कञ्चनपुर जिल्ला छन् ।

जेठ २३ बाट नेपालमा मनसुन सक्रिय छ ।

  • १३ असार २०७९, सोमबार १०:०८ प्रकाशित