मन्त्रालयबाट बिदा हुन लाग्दा रोइन रामकुमारी झाँक्री

केन्द्रभाग मिडिया

सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् । उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् ।
सचिवले मन्त्रालयका कामको जानकारी गराइरहदा मन्त्री झाँक्री भने गहभरि आँशु पार्दै थिइन् ।

पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् ।

  • १२ असार २०७९, आईतवार १८:४१ प्रकाशित