राजीनामा दिँदै मन्त्री आलेले भने : ९० प्रतिशत सन्तुष्ट छु

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिएका छन् ।

आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाउँदै राजीनामा दिएका हुन्। उनले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए ।

गठबन्धन सरकारमा आलेले २०७८ सालको असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका थिए। राजीनामा दिँदै आलेले पर्यटन, संस्कृती र विमानस्थलका सन्र्दभमा थुप्रै काम भएको दाबी गरे ।

  • १२ असार २०७९, आईतवार १८:२३ प्रकाशित