पोखरा ।
अविरल वर्षाले पोखर–४ मा सडक र पसल भासिएको छ। पोखराको गैरापाटनबाट भूपी शेरचन राजमार्ग जोड्ने भित्री सडक भासिनुका साथै एउटा घरमा क्षति पुगेको छ। पुन फर्निचर सोरुम रहेको भवन मासिएको हो ।
नेत्र पुनले संचालन गरेको फर्निचर सोरुम जोखिममा परेको छ । नगरपालिकाले माटो लगेर भासिएको जमिन पुर्ने काम गरिहेको छ । तर, फर्निचर सोरुम भित्र परेको खाडल व्यवस्थित तरिकाले नपुरिदा फेरी पानी परेको समयमा थप जोखिमको खतरा छ ।
बाटोसगै सोरुमसम्म करिब १५ मिटर भासिएको छ । सोरुममा माथिबाट बाक्लो ढलान गरेकाले ढलान भने खसेको छैन । तल अण्डरग्राउण्ड जस्तै भ्वाङ् परेको सोरुमका संचालक पुनले बताए ।
सोही स्थानमा गत वर्ष पनि भ्वाङ परेको थियो । राजमार्गबाट आएको नाली रोकिए पछि पानीले निकास नपाउदाँ भ्वाङ् परेको हुन सक्ने पुनले बताए । नाली फिर्के खोलामा खसालिएको छ । सोही स्थानमा फिर्के खोलाले कटान गर्दा सामुदायीक भवन र अन्य २ वटा घर पनि जोखिममा परेका छन् ।