अवमूल्यन र अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिन्छौँ : माधव नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिने बताएका छन् ।

गठबन्धनको साथले आफ्नो पार्टी छोटो समयमा नै लोकप्रिय भएको बताउँदै पार्टीलाई अवमूल्यन गरे पनि आफुहरु गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताएका हुन् ।

आइतबार पार्टीनिकट महिला संघको कार्यक्रममा बोल्दै नेपालले भने, ‘केही समस्या भए छलफल गरेर अघि बढ्छौँ । अहिलेको उपलब्धी सानो ठान्न हुँदैन, हामी गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौं ।’

यस्तै स्थानीय निर्वाचनमा मतपत्रमा कमजोरी हुँदा अधिकांश स्थानमा पार्टीले हार व्यहोर्नुपरेको नेपालले जिकिर गरे । निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा कतिपय ठाउँमा विद्रोह नै गर्नुपरेको उनले खुलाए ।

  • १२ असार २०७९, आईतवार १५:०० प्रकाशित