ललितपुर ।
सगरमाथा आरोही क्यान्सर पीडित शम्भु तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् ।
आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले उनको स्थास्थ्य स्थितिबारे जानकारी लिएका हुन् ।तामाङलाई भेटेर प्रचण्डले स्वास्थ्य उपचारमा सरकारको तर्फबाट सहयोग गर्ने आश्वासन दिएका छन् ।
तामाङले सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरे थिए ।लिसंखुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक घर भई हाल महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए ।
त्यसबेला उनी १७ वर्ष ६ महिना १५ दिनका थिए । सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरेर उनले गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए ।