पोखरा – ४ फिर्केमा सडकसँगै घर भासियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा केही दिनदेखि रातीमा परेको अविरल वर्षाको कारण सडकसँगै घर भासिएको छ । पोखरा महानगरपालिका वडा ४ फिर्के र वडा ५ लाई जोड्ने सडक भासिएको वडा ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिएका छन् ।

सडकको बीच भागबाट भासिएकाले सवारी र स्थानीय आवातजावत रोकिएको छ । यस्तै फिर्केखोला नजिकैको बूढानीलकण्ठ किरियाकर्म घरको भवन भित्रका कोठाहरू भासिएकोवडाध्यक्ष पराजुलीले बताए ।

सडक भासिएसँगै सडक किनारमा रहेको एउटा कच्ची घर समेत भ्वाङ परेको छ।सडक भासिएपछि पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत अनुगमन समेत गरेकी छिन्। गुरुङले तत्काल माटो ल्याएर भासिएको सडक पुरेर आवत-जावत गर्न मिल्ने बनाउन महानगरका कर्मचारीलाई निर्देशन दिएकी छिन्।

यस्तै (हिजो)शनिबार बिहान पोखरा–२५ को हेमजाको सुइँखेतमा खोलामा आएको बाढी बस्तीमा पस्दा ६ सय घरपरिवार विस्थापित भएका छन् ।

  • १२ असार २०७९, आईतवार १०:३९ प्रकाशित