कास्कीको लुम्ले र जुमलेटीमा अतिभारी वर्षा, आकस्मिक बाढी आउन सक्ने चेतावनी

केन्द्रभाग मिडिया

File photo

कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायु सक्रिय भएसँगै आज राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा पछिल्लो ६ घन्टामा अतिभारी वर्षा भएको महाशाखाले बताएको छ।

महाशाखाले आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ ।यस्तै कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

आइतबार बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।

आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • १२ असार २०७९, आईतवार ०८:३५ प्रकाशित