विदेशीलाई सजिलै नागरिकता दिएर फिजी बनाउन पाइँदैनः चित्रबहादुर केसी

केन्द्रभाग मिडिया

Deputy Prime Minister Chitra Bahadur KC speaks at the Reporters' Club in Kathmandu, on Saturday, November 14, 2015. Photo: Reporters' Club

काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीलाई नागरिकता दिएर फिजी बनाउन लागिएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम कुरा गर्दै नेता केसीले भने, “नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने कुरामा विवाद भएन, विदेशीलाई जबर्जस्ती नागरिक बनाउने कुरा पनि उचित होइन । मैले नागरिकता पाउनुपर्नेले पाउनुपर्नेमा विरोध होइन । तर नेपालीजति विदेशतिर जाने, अनि विदेशीलाई सजिलै नागरिकता दिएर फिजी बनाउन पाइँदैन ।”

गठबन्धनको औचित्य अझै रहेको पनि केसीले बताए । उनले भने, “प्रतिगमनको खतरा अझै टरिसकेको छैन । अनेक षडयन्त्र कायमै छन् । कांग्रेसलाई सत्ता चाहियो भनेर हामी सती गएको होइन । २०७४ मा पनि हामी वामपन्थी क्याम्पमा गएकै हो । कसरी ध्वस्त पारियो रु हामी केही नजानेर नबुझेर कांग्रेससँग गएको होइन । प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसलाई नसमेटीकन नहुने भएर हो । कांग्रेससँग सहकार्य पनि गर्नुपर्छ, विरोध पनि गर्नुपर्छ ।”

एमसीसी सँगसँगै एसपीपी आएको आरोप पनि उनले लगाए । केसीले थपे, “एमसीसी आत्माघाती हो, हामीले भनेकै हो । एमसीसी सँगसँगै एसपीपी आयो । नेपाललाई साम्राज्यवादीको अखडा बनाउने षडयन्त्र चिर्न नसक्नुको परिणाम अहिले देखिएको हो ।”

  • ११ असार २०७९, शनिबार १६:४२ प्रकाशित