पोखरा २५ सुइँखेतमा पहिरो : घरपैचो गर्न नपाउदै पहिरोले बगायो

केन्द्रभाग मिडिया

पोखरा ।
गएरातिको भारी वर्षाका कारण पोखरा–२५ सुइँखेतमा २ वटा घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय लक्ष्मी विक र रिभना विकको घर पहिरोले पुरेको हो । अन्य १५ घरमा पहिरो पसेर आंशिक क्षति पुर्याएकोे छ । पोखरा–बागलुङ सडक अन्तरगत सुइखेतको म्याग्दीचोक देखी सुन्दरपुरी टोलसम्मका बस्ती पहिरोका कारण जोखिममा परेकोे वडाध्यक्ष मोतिराज तिमिल्सिनाले जानकारी दिए ।

राति १० वर्षासगै चर्को मेग गर्जेको थियो, त्यस पछि ठुलो आवाज आए पछि स्थिानिय घरबाट बाहिर निस्के र भागेका थिए । रिवना विकले गएको जेठमा बनाई सकेको घरमा यही हप्ता बसाई सर्ने तयारीमा थिइन । उनी बसाई सर्न नपाउदै नयाँ घर बाढिले तहसनहस पारिदिएको छ । लक्षमी विकको भने घरमा पाचँ जना सुति रहेका थिए । बाढि घर भित्र छिर्न थाले पछि निस्केर भागेको लक्ष्मीले बताइन् ।

घर भित्र पसेको लेदो र कंक्रिटले खाध्यान्नसहित सबै नष्ट गरेको छ । पहिरो प्रभावितहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
घर गोठ र कृषि फर्महरु बाढीले प्रभावित भएका छन् । वरिपरिका डाँडाबाट पहिरो पनि खसेको छ । राति ११ बजेदेखि नै घरहरु
डुबानमा परेर ती घरका मानिसहरु आफन्तकहाँ र वरपरका सार्वजनिक स्थानमा सर्नुपरेको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

सुइँखेत फाँटका घरहरु पनि डुबानमा परेका छन् । लगातारको वर्षाले सुइँखेतको चौरासी नहर फुटेर बस्तीतर्फ सोझिएको छ । वरपरका खोल्साबाट बगेर आएको पानी समेतले फाँट डुबाएको छ ।

मध्यपहाडी लोकमार्ग बस्ती भन्दा अग्लो गरी निर्माण भए पछि पानिको निकास रोकिएको छ । जसका कारण बस्ति डुबान भएको हो ।
भिडियो र बाइट छ ।

  • ११ असार २०७९, शनिबार १५:५३ प्रकाशित