मूल्यवृद्धिको विरोध गर्दै पोखरामा राप्रपाद्धारा वृहत हस्ताक्षर संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखरामा वृहत हस्ताक्षर संकलन गर्दै विरोध प्रर्दशन गरेको छ ।

पछिल्लो समय जनताको ढाड सेक्ने गरि भइरहेको पेट्रोलियम पदार्थ, खाद्यान्नको मूल्यवृद्धि को बिरोध, भ्रष्टाचार न्यूनिकरण र अमेरिकासँग हुन लागेको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताको विरोधमा पार्टीले हस्ताक्षर संकलन गरेको राप्रपा कास्कीले जनाएको छ। पोखरामा भएको हस्ताक्षर अभियानमा करिब १६ हजार जनाले हस्ताक्षर गरेको राप्रपाको अनुमान छ ।

पोखराको अमरसिंहचोक, चिप्लेढुंगा र पृथ्वीचोकमा दुई दिन लगाएर हस्ताक्षर संकलन गरेको राप्रपपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । । साथै हस्ताक्षरको क्रममा हालै गण्डकी प्रदेश सरकारले बढाएको सवारी करको पनि विरोध गरिएको उनले बताएका छन्। विभिन्न स्थानबाट दुई दिन लगाएर संकलन भएको हस्ताक्षर विहिबार पार्टीले मूख्यमन्त्री कार्यालयमा बुझाएको छ ।

  • १० असार २०७९, शुक्रबार १६:२६ प्रकाशित