काठमाडौं ।
आज शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
२ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३।७८ अंकले बढ्दै १८६२।०६ अंकमा उक्लिएको हो ।
१३ अंकमाथिले बढेको बजार आज बजार खुलेको २ घण्टामा नै सवा अर्बको कारोबार भएको छ । अन्तिम समय (१ बजे) सम्ममा ३५ लाख ४१ हजार कित्ता सेयर २२ हजारभन्दा बढी पटक बजारमा किनबेच भएर शुक्रबार १ अर्ब १५ करोड १२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।