गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रतियोगितको पुरुष एकल प्रतिस्पर्धामा २९, पुरुष डबल्स तर्फ ४२ टिमको सहभागिता रहने भएको छ । यस्तै महिला एकल तर्फ ८ र डबल्स तर्फ ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए । भोलिबाट हुने प्रतियोगिताको तयारी समेत सकिएको उनले बताए ।

प्रतियोगिता विहान १० बजेदेखी पोखरा रंगशाला अन्तराष्ट्रिय कर्भडहलमा हुनेछ ।  प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०/१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुष डबलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँसहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला एकलतर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।ब्याडमिन्टसंघले राखेपको सहकार्यमा आफ्नै लगानीसमेतमा अहिले पोखरा रंगशालमा अन्तर्राष्ट्रिय स्तरको कर्भड हलको निमार्णसमेत गरेको छ ।

पोखरामा रहेको कर्भड हल नेपालकै उदाहरणीय रहेको उनले बताए । प्रतियोगिताले खेलाडीहरुलाई शारीरिक र मानशिक रुपमा चुस्त राख्न र खेलाडीहरुको अनुशासन कायम गर्नु पनि प्रतियोगिताको उद्धेश्य रहेको उनले सुनाए ।

  • १० असार २०७९, शुक्रबार १४:५० प्रकाशित