पोखरा।
पोखरामा भोलि(शुक्रबार) देखि गण्डकी प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु हुने भएको छ।
कास्की जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्न लागेको उक्त प्रतियोगिता भोली र पर्सी(असार १० र ११गते) रंगशालास्थित ब्याडमिनटन हलमा हुने आयोजकले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिता चार विधामा हुने छ । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए ।
प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०-१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष डबलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँसहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिला एकलतर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।