अबको केही घण्टामै मन्त्री हेरफेर हुने नेकपा एसको दाबी

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्री हेरफेरका लागि दबाब दिइरहेको एकीकृत समाजवादी पार्टीले अबको केही घण्टाभित्रै मन्त्री परिवर्तन हुने दाबी गरेको छ ।
केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताए ।

‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ,’ उनले भने ।

उनले पार्टीमा मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्दै हल्लामात्रै भएको बताए ।उनले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्थासमेत नरहेको दाबी गरेका छन् ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले भने बजेट अधिवेशन अघि मन्त्री परिवर्तन नहुने यसअघि बताइसकेको समाचारहरु प्रकाशित भएका छन् । अहिले मन्त्री हेरफेर गर्दा सबैले आफुलाई मन्त्री बनाउन दबाब दिदाँ समस्या हुने भन्दै देउवाले भने बजेट अधिवेशन सकिएपछि मात्रै मन्त्री परिवर्तन गर्ने मुड बनाएको स्रोत बताउँछ ।शुक्रबारदेखि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैछ । त्यस्तै, शनिबार केन्द्रीय कमिटी र असार १३ र १४ गते केन्द्रीय परिषद् बैठक बस्दैछ ।

  • ९ असार २०७९, बिहीबार १५:५८ प्रकाशित