बजेट अधिवेशन पछि मात्रै मन्त्रि हेरफेर गर्ने प्रम देउवाको तयारी

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट अधिवेशनपछि मात्रै मन्त्री हेरफेर गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रि हेरफेरको लागि दबाब दिए पनि देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने भएका छन ।

अहिले मन्त्रिमण्डल हेरफेर गर्दा सबैलाई मन्त्री बनाउनुपर्ने दबाब बढ्ने भएकाले देउवाले बजेट अधिवेशनपछि मात्रै गर्ने तयारी गरेको बताइएको छ । मन्त्रिमण्डल हेरफेर गर्ने पार्टीको निर्णय कार्यान्वयन गराउनका लागि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमाथि निरन्तर दबाब दिइरहेका छन् ।

दुई साताअघि नेकपा एसले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चार जनालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।

 

  • ९ असार २०७९, बिहीबार १३:३८ प्रकाशित