कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौंबासीलाई अब ५०० जरिवाना

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई अब कारबाही गर्ने भएको छ । कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई महानगरले साउन १ गतेदेखि कारबाही गर्ने भएको हो ।

महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको छ ।

फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ छ ।

  • ९ असार २०७९, बिहीबार ०९:३० प्रकाशित