संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिका सक्कल फाइल झिकाउन आदेश

केन्द्रभाग मिडिया

 

सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर नियुक्त गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

ओलीले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेका थिए।

  • ८ असार २०७९, बुधबार १७:०० प्रकाशित