पोखराको निति तथा कार्यक्रम सार्वजनिक : बेरोजगारीलाई रोजगारी, छाडा चौपाया नियन्त्रण तथा पार्किङ व्यवस्थापन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आचार्यले पर्यटनलाइ केन्द्रमा राखेर महानगरका समस्या सम्बोधन र समाधान खोज्ने गरी  निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

पर्यटनलाई केन्द्रमा राख्दै घोषणापत्रलाई नै आधार बनाएर कृषि, स्वास्थ्य र पूर्वाधार,शिक्षा, समतामुलक समाजको विकास, सुशासन, वित्तिय पहुँच लगायतलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ ।

मेयर आचार्यले आगामी वर्षमा छाडाचौपाया नियन्त्रण गरि सडकलाई पूर्ण रुपमा छाडाचौपायामुक्त बनाइने, सार्वजनिक पार्किङ स्थलको व्यवस्थापन,ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी , क्षेत्रीय तथा टुरिस्ट बसपार्कलाई व्यवस्थित बनाउने बताए ।

कृषि क्षेत्रमा भएका समस्यालाई समाधान गरि कृषकलाई प्राविधिक कृषिमा प्रोत्साहन, पोखरामा उत्पादन हुने वस्तुलाई ब्रान्डिङ गरि पोखरेली ब्रान्डको स्थापना, बेरोजगारीको तथ्यांक संकलन गरि रोजगारीको व्यवस्थापन, वैदेशिक रोजगारीमा जानेलाई तालिमको व्यस्थापन, ३३ वटै वडामा एक उद्योग, एक सहकारीको व्यवस्थापन, खेल क्षेत्रको विकास, उत्कृष्ट खेलाडीलाई सम्मान, गुणस्तरीय र विशेषताकृत अस्पतालको निर्माण, कास्कीमा रहेका तालहरु सौन्दर्यकरण, लेक टु लेक कनेक्टिभीटीको सम्भाव्यता अध्ययन, सार्वजनिक जग्गाको मापदण्ड तय गरिने मेयर आचार्यले निति तथा कार्यक्रम सार्वजनिकका क्रममा बताए ।

  • ८ असार २०७९, बुधबार १३:१६ प्रकाशित