काठमाडौं ।
सोमबार सेयर बजारमा करिब २.५५ प्रतिशतले गिरावट आएको छ । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा आज पनि गिरावट आएको हो ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४९ दशमलव ३१ अंकले घटेर १८८४ दशमलव ८१ बिन्दुमा झरेको छ ।
त्यस्तै, ठूलो कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७ दशमलव ६६ अंकले घटेर ३६६ दशमलव १९ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज दिनभर २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ ।