राजा ल्याउने खतरनाक षड्यन्त्र चलिरहेको छ : माधव नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याउने षड्यन्त्र भइरहेको बताएका छन् । आइतबार सम्पादकहरूसँगको छलफलमा उनले राजा ल्याउने षड्यन्त्र कुनै हालतमा सम्भव नहुने बताए ।

“प्रतिगमन हुन दिनौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने । यो बहुत खतरनाक षड्यन्त्र चलिरहेको छ । त्यो किमार्थ सम्भव छैन । प्रतिगमन भनेको राजाको शासन आएपछि देश राम्रो हुन्छ ?,” उनले भने, “देश लुटेर नपुगेका । देश कसरी चलेको थियो हामीलाई थाहा छैन र ?”
अध्यक्ष नेपालले संघीयता समस्या नभएको पनि बताए । उनले जनालाई मूल्य वृद्धिमा परेको जनताका समस्यामा सम्बोधन गर्नुपर्ने बताए । यस विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने उनले बताए ।

  • ५ असार २०७९, आईतवार १८:१२ प्रकाशित