प्रधानसेनापति औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्।

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न यु एन मिशनहरूको विविध पक्षहरू एवम् भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका उनी आज शनिबार लेवनानतर्फ प्रस्थान गरेका हुन्।

उनी नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गरी प्रधान सो स्थानतर्फ प्रस्थान गरेका गरेका हुन्।

 

भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लेवनान, सिरियाका सरकारी अधिकारीहरूसँग भेटघाटको कार्यक्रम रहेको छ।

  • ४ असार २०७९, शनिबार १३:३२ प्रकाशित