पहिरोका कारण बन्द पृथ्वीराजमार्ग सञ्चालनमा आयो

केन्द्रभाग मिडिया

फाइल तस्वीर

चितवन ।

पहिरोका कारण बन्द भएको पृथ्वीराजमार्ग पुन : सञ्चालनमा आएको छ ।

वर्षासँगै चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो ।पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइ तर्फी रुपमा पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • ४ असार २०७९, शनिबार ०८:१२ प्रकाशित