मनाङमा पनि ई–पासपोर्ट वितरण सुरू

केन्द्रभाग मिडिया

मनाङ।

मनाङमा रोकिएको राहदानी सेवा सुचारु भएको छ ।

सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै बन्द भएको मनाङमा सेवा सुचारु गर्दै विद्युतीय राहदानी वितरण गर्न थालिएको छ । विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार मनाङले विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र प्राविधिक व्यवस्थापन गरी सेवा सुरू गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मनाङमा सेवाग्राहीको चाप कम भए पनि राहदानी सेवाका लागि भने सेवाग्राही दैनिकजसो पुग्ने गरेको बताइएको छ ।

  • ३ असार २०७९, शुक्रबार १५:२७ प्रकाशित