काठमाडौं ।
नेकपा एमालेका नेता भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अंक भएको भन्दै त्यसमा सहभागी हुन नहुने बताए । ‘एसपीपी आईपीएसको अंग भएको अमेरिकन वेबसाइटमा छ । तर परराष्ट्र मन्त्री डा।नारायण खड्काले होइन भन्नुभयो,’ रावलले भने ।
बैठकमा नै रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले त्यस्तो नभनेको भन्दै रावललाई रोक्न खोजे । त्यसपछि रावलले भने, ‘तथ्य आउँदा मान्छे डराउँछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन समिति गठन गरौं ।’














