प्रधानमन्त्रीलाई माधवको सुझाव : ह्वीस्की खुवाएर फसाउलान ख्याल गर्नुहोला

केन्द्रभाग मिडिया

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् । उनले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बैठकमा नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताए । ‘कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीको पालामा यो संझौता अगाडि बढाइएको हो रु यो सबै प्रष्ट पार्नुपर्छ । जनतालाई गुमराहमा राख्नु हुँदैन’ नेपालले भने ।

नेपाली सेना कुनै सैनिक गठबन्धनमा सम्लग्न हुन नहुने नेपालको भनाइ छ । कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने भन्दै नेपालले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने बताए ।

कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने भन्दै नेपालले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने बताए ।

‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्याल गर्नुहोला ।’

  • ३ असार २०७९, शुक्रबार ११:३४ प्रकाशित