काठमाडौं ।
ताप्लेजुङमा पहिरोमा परेर बेपत्ता भएका दुई जनाको ज्यान गएको छ ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा परेका तुलसा अधिकारी र यशोदा अधिकारीको ज्यान गएको बताइएको छ। उनीहरु सासु बुहारी हुन् । पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो ।
यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ ।