एसपीपी प्रकरण : निर्वतमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्र पठाएको खुलासा(पत्रसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्टेट पार्टनरसिप प्रोग्राम बारे अमेरिका र नेपाली सेनाले एक अर्काको डफेन्स गरिरहेको बेला नेपाली सेनाले अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको छ ।

स्टेट पाटर्नसिप प्रोग्राम एसपीपीमा साझेदारीका लागि सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।

यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो । बिहीबारै प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए । तर एसपीपी सम्झौताका लागि अमेरिकालाई एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ ।

  • २ असार २०७९, बिहीबार १७:११ प्रकाशित