आज बढ्यो शेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो पाँच दिनदेखि निरन्तर घटिरहेको शेयर बजार आज बिहीवार भने सामान्य बढेको छ ।

जेठको २५ गते ६० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसपछि कारोबार भएका पाँच दिनसम्म लगातार ओरालो लागेको थियो । नेप्से आज १२ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ७८ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज जीवन बीमा र लगानीबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २१ वटा कम्पनीको ३५ लाख ९४ कित्ता शेयर एक अर्ब १८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

  • २ असार २०७९, बिहीबार १५:४१ प्रकाशित