रवि लामिछानेले छाडे ग्यालेक्सी ग्यालेक्सी टिभी : काठमाडौंबाट चुनाव लड्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

दर्शकमाझ लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी टिभी छाडेका छन् । आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएपछि लामिछानेले टिभी छाडेका हुन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् ।

लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।

लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे ।

रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ ।

  • २ असार २०७९, बिहीबार १४:३० प्रकाशित