बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन बन्देज

केन्द्रभाग मिडिया

रुपन्देही ।

बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

कार्यालयले सुचना जारी गर्दै राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएकाले आगामी तीन महिना यो बाटोमा टिपर चलाउन रोकिएको जनाएको छ।

यस्तै वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।

  • २ असार २०७९, बिहीबार १४:०४ प्रकाशित