नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले श्रृंखलाबद्ध आक्रमण छिचोलेर एमाले प्रमुख राजनीतिक पार्टी बनेको दाबी गरेका छन् ।
पार्टीबाट निर्वाचित देशभरका जनप्रतिनिधिलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सिध्याउन अरु सबै शक्ति लागेपनि स्थानीय चुनावबाट एमालेले देखाइदिएको बताएका हुन् ।
‘सबै एकातिर भएर लोकतान्त्रिक अभ्यासको नाममा तानाशाह ढंगले अनेक प्रोपोगाण्डा मच्चाइयो यस्तो अवस्थामा चुनावको सामना गर्नुभयो चानचुने कुरा होइन’, ओलीले भने ।
अध्यक्ष ओलीले राज्यशक्तिको परिचालन गरेर चुनावमा एमालेविरुद्ध हथकण्डा, जालझेल, हत्या, कुटपिटजस्ता अपराधिक क्रियाकलाप गरिएको आरोप लगाए ।














