मंकीपक्स संक्रमणको केन्द्र बन्दै यूरोप : के हो मंकीपक्स, कसरी सर्छ ?

केन्द्रभाग मिडिया

एजेन्सी ।

अफ्रिकी मुलुकबाट सुरु भएको मंकीपक्सको संक्रमण विश्वभर फैलिरहेको छ । यो सँगै अमेरिका, अस्ट्रेलिया र क्यानडा लगायत अहिले युरोपियन देशमा पनि यो सक्रंमण तीव्र रुपमा फैलिरहेको छ ।

यूरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ ।

पछिल्ला केही महिनामा यूरोप भर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत यूरोपका २५ देशहरूमा छन् ।

डब्ल्यूएचओले मंकीपक्स संक्रमणबारे छलफल गर्न आगामी साता बैठक डाकेको छ । डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा वर्गीकरण भने गरेको छैन् ।
के हो मंकीपक्स ?
विश्व स्वास्थ्य संगठनले यसलाई स्मलपक्स ९विफर० कै एउटा प्रजाति भएको जनाएको छ । मंकीपक्स संक्रमणबाट हुने बिमिरा पहिला अनुहारमा देखिन्छ । त्यसपछि विस्तारै शरीरका विभिन्न भागहरू जस्तैः टाउको, हत्केला र पैतालामा फैलिन्छ ।
यो रोग कसरी सर्छ ?
मुसा, बाँदर्, गिल्हरी  जस्ता जनावरहरुमा यो भाइरस बस्ने गर्दछ र यी जनावरहरुको सम्पर्कमा आउँदा यो रोग सर्न सक्छ। श्वासप्रश्वास्, संक्रमित छालाको सम्पर्कले मानिसदेखि मानिसमा पनि यो रोग सर्न सक्छ। त्यसैगरी गर्भवती आमादेखि बच्चामा पनि सर्न सक्छ। यौन सम्पर्कबाट सर्छ सर्दैन भन्ने अझै एकिन भैसकेको छैन तर यो समलिङगी समाजमा भने बढी देखिएको छ।
कस्ता लक्षण देखिन्छन् र ?
– ज्वरो आउने
– टाउको दुख्ने
– शरीरमा बिमिरा देखिने
– शरीर दुख्ने
– थकान महसुस हुने
– जीउ सुन्निने
– ढाड, टाउको र मांसपेशी दुख्ने

  • २ असार २०७९, बिहीबार ०९:०५ प्रकाशित