काठमाडौं ।
आज बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २९.८९ अंकको गिरावट आएको हो ।
कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक डेढ घण्टाको समयमै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयसम्ममा २९ अंक घटेर बन्द भएको हो ।
यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । यसैगरी, आज १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ ।