राज्यमन्त्री विमला वली घटनाबारे बुझ्न कार्यदल

केन्द्रभाग मिडिया

लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्य तथ्य बुझनका लागि कार्यदल बनाएको छ ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो । आज दिउसो बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निणर्य गरेको हो ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको सरकारका प्रबक्ता तिलकराम शर्माले बताए

  • १ असार २०७९, बुधबार १५:५५ प्रकाशित