मुलुकको हितविपरित कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानजमन्त्री शेरबहादुर देउवाले एसपीपी वारे सुनियोजित विवाद झिकिएको बताएका छन् । प्रधानमन्त्री देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनैपनि सम्झौता नगर्ने बताएका छन् ।

गठबन्धनका शिर्ष नेतासगको बुधबार भएको छलफलमा देउवाले यस्तो बताएका हुन् । शीर्ष नेताहरूसँग छलफलमा देउवाले अमेरिकासँग त्यसप्रकारको कुनै सम्झौता नगर्ने बताए ।

भेट पछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ । एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो । सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन । कसैले गर् भन्छ भनेपनि गर्दिनँ’ ।

देउवाले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको बताएका थिए । प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको पनि प्रष्ट्याएका थिए ।

प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र यथास्थितिमा सम्झौता नगर्नु उपयुक्त हुने सुझाव दिएका थिए । देउवाले एसपीपी सम्झौता गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको भन्दै आश्वस्त पारेका थिए ।

‘हाम्रो परराष्ट्र नीतिमा कुनै विचलन हुन दिइने छैनौं । कसैको पक्षमा ढल्कने कुरा हुँदैन । हामी असलंग्न परराष्ट्रनीति छाड्दैनौ भनेर प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको छ’  नेपालले  भने ।

  • १ असार २०७९, बुधबार १३:०३ प्रकाशित