संसदमा गगनले भने : नेपालले एसपीपी सम्झौता गदैँन, गर्न दिइदैन

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।
सांसद् गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले सम्झौता गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै त्यसबारे प्रस्ट पार्नुपर्ने माग गरे ।

‘हामीले केही समय अगाडि एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्‍यौँ । यस्ता विकास आयोजना हामीले अमेरिकाबाट लिने हो, चीनबाट लिने हो, भारतबाट पनि लिने हो । मुलुकलाई समृद्ध पार्ने हो,’ उनले भने, ‘तर नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा चाहे त्यो छिमेकी देशसँग होस् वा अर्को देशसँग होस् त्यो सम्झौता अघि बढ्दैन । त्यस्तो सम्झौता हुन सक्दैन, हुन दिइँदैन ।’

उनले नेपालले विकासका लागि सबै मित्रराष्ट्रहरूसँग मिलेर काम गर्नुपर्ने, तर उनीहरूले यो गर वा त्यो गर भनेको कुरा सुन्न नहुने बताए । उनले एसपीपीबारे प्रधानमन्त्रीले आफ्नै शैलीमा संसद‍्‍मा उपस्थित भएर ‘हुँदैन, हुँदैन, हुँदैन’ भन्ने प्रष्ट जवाफ दिनुपर्ने बताए ।

म आग्रह गर्न चाहन्छु, आजै यो विषयमा प्रस्टसँग उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ,’ उनले भने, ‘अमेरिका के चाहन्छ, त्यो उसको कुरा हो । हामीले के गर्ने हो, त्यो यहाँ उभिएर प्रधानमन्त्रीले प्रस्ट गरिदिएपछि हामीलाई ढुक्क हुन्छ ।’

  • १ असार २०७९, बुधबार १२:१२ प्रकाशित