आज सातै प्रदेशले बजेट सार्वजनिक गर्दै, गण्डकीको बजेट ३६ अर्ब आसपास

केन्द्रभाग मिडिया

आज (बुधबार) देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट ल्याउने भएका छन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

प्रदेश सरकारले आ(आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।

यता गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले सदनमा आज दिउँसो करिब ४ः०० बजे बजेट भाषण प्रस्तुत गर्नेछन् । चालु आर्थिक बर्षमा ३० अर्ब ५ करोडको बजेट ल्याएको प्रदेश सरकारले आउदो आर्थिक बर्षमा करिव ३६ अर्बको बजेट आउने श्रोतको भनाई छ ।

  • १ असार २०७९, बुधबार ०८:४३ प्रकाशित