काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आज अहिले बसीरहेको छ । बैठकले स्थानीय तह निर्वाचनको समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल गर्ने भएको छ ।
एसमा ६ महिनामा मन्त्री परिवर्तन गर्ने यसअघिको निर्णय अनुसार हालका मन्त्रीलाई फिर्ता बोलाइएको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले हाललाई मन्त्री फेरबदल नगर्न आदेश दिएसँगै सो प्रक्रिया रोकिएको छ ।
पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।














