एक महिला र बच्चालाई कुटपिट गरेको आरोपमा लुम्बिनीकी मन्त्री विमला वली प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

दाङ ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको टोलिले नियन्त्रणमा लिएको हो ।

एकराज बस्नेतकी पत्नी मीना भण्डारीका अनुसार विमलाले बिहान ८ बजेको समयमा घरमा आएर हातपात गरेको बताईन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ।

घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले प्रहरी बोलाएका थिए । तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट बिमलालाई नियन्त्रणमा लिएको थियो।

  • ३१ जेष्ठ २०७९, मंगलवार ११:२८ प्रकाशित