भोलिदेखि कार्यालय समय पुरानै : हप्तामा एक दिन छुट्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलिदेखि कार्यालय समय पुरानै अनुसार चल्ने भएको छ ।

सरकारले भोलि ९असार १० देखि कार्यालय समय पुरानै निर्धारण गरेको हो । हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले अब फेरि कार्यालय ६ दिन नै सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘मन्त्रिपरिषद्को मिति २०७९र०२/२३ गतेको बैठकले परीक्षणको रुपमा ०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ,’ गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै भनेको छ, ‘सबै सरकारी कार्यालयहरूमा आइतबारदेखि विहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।’

शुक्रबार कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।

  • ३१ जेष्ठ २०७९, मंगलवार १०:३७ प्रकाशित