तनहुँ ।
तनहुँमा माछा मार्न गएका एकै गाउँका दुई जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर तनहुँको भानु नगरपालिका २ मोहरिया गाउँका दुई जनाको ज्यान गएको हो ।
ज्यान जानेमा ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरु मामा र फुपूको छोरा हुन् ।
भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।