अर्थमन्त्री शर्माको विकल्प खोज्दै माओवादी केन्द्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउने तयारी गरिरहेको छ ।

अर्थमन्त्री शर्माको काम कारवाहीको विषयलाई पार्टीभित्र छलफल भइरहेको बताइएको छ । पार्टीका शीर्ष नेताहरुको बीच उनलाई फिर्ता बोलाउनेबारे छलफल भइरहेको बताइएको छ।

अर्थमन्त्रीको गतिविधिका कारण पार्टी धेरै नाङ्गिएको भन्दै पार्टी भित्र नेताहरुले आपत्ति जनाएका छन् । असन्तुष्ट नेताहरुले उनलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गरेको पार्टी स्रोतले बताएको छ । अध्यक्ष दाहालले पनि यसबारेमा सोचेर निर्णय लिने जवाफ दिएको बताइएको छ।

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । तर छलफलमा के भयो भन्नेबारेमा चाहिँ खलाइएको छैन ।

अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आलोचना भइरहेको छ ।

  • ३० जेष्ठ २०७९, सोमबार १३:१९ प्रकाशित