देउवाले भने,‘कर्मचारीको तलव बढाइएको छ,अब काममा लगनशील हुने विश्वास छ ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी थप लगनशील बन्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियनको सम्मेलनमा देउवाले आफ्नो सरकारले कर्मचारीको तलब बढाएको भन्दै कर्मचारी अब थप लगनशील बन्ने विश्वास लिएका हुन् ।

देउवाले भने,‘आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरिएको छ । यसले कर्मचारीहरु काममा थप लगनशील हुनुहुने भन्ने मेरो विश्वास छ।’

समाजिक सुरक्षा भत्तामा गरेको दायरा विस्तारबाट श्रमिकले बढी लाभ प्राप्त गर्ने देउवाको भनाइ छ ।‘श्रमिकको हक, अधिकार र संरक्षणको सम्बन्धमा ट्रेड युनियन काँग्रेस अझ बढी रचनात्मक ढंगले जाने मेरो विश्वास छ ।’ उनले भने

  • २९ जेष्ठ २०७९, आईतवार १५:४३ प्रकाशित