गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ की २४ वर्षीय एक महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकी थिइन । त्यस लगत्तै निजका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएका थियो ।
ती महिलाले आफ्नो पतिले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन् । उनको जाहेरीका आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । उनीहरुको विवाह वि।सं २०६८ सालमा भएको थियो । उक्त दम्पतीका दुई सन्तान समेत रहेका छन् ।














