संसदमा एमालेको प्रश्न : कुन हैसियतमा हुँदैछ प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलले शेरबहादुर देउवा अमेरिका भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदैछन् कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले संसद्‌मा जानकारी दिनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्रीको भ्रमणको औचित्य पुष्टी गर्न माग गर्दै ज्ञवालीले परराष्ट्र सम्बन्धका आधारहरु नभत्काउन माग गरेका छन् ।

‘नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हुन जरुरी छ । यससँग बाँझिने गरी तालिम वा अरु कुनै नाममा विदेशी सेनाको उपस्थिति हाम्रो संविधानले स्वीकृति दिदैन । नेपाललाई कुनैपनि अर्थमा भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन’, ज्ञवालीले भने ।

  • २९ जेष्ठ २०७९, आईतवार १३:०६ प्रकाशित