गोताखोर तालिममा महिलालाई पनि सहभागी गराउन गृहमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले गोताखोर तालिममा महिला प्रशिक्षार्थीलाई पनि सहभागी गराउन निर्देशन दिएका छन् ।

गत बैशाख २५ गतेदेखि जारी गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै खाँणले यस्तो निर्देशन दिएका हुन् ।खाँणले सडक, भवन लगायतका संरचना निर्माण गर्दा संभावित विपद्को जोखिमलाई पनि मध्यनजर गरेर निर्माण गर्नुपर्नेमा जोड दिए।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा समापन गरिएको छ । दश जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी पाँच हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई कोशी नदी, फेवाताल, कुलेखानीमा तालिम दिइएको थियो ।

  • २९ जेष्ठ २०७९, आईतवार १०:५३ प्रकाशित