गुल्मीमा डोजर पल्टेर चालकको मृत्यु

केन्द्रभाग मिडिया

गुल्मी जिल्लाको छत्रकोटमा डोजर पल्टेर चालकको मुत्यु भएको छ । छत्रकोट–२, पल्लीकोटको रातापानीमा डोजर दुर्घटनामा परी दाङ स्थायी घर भएका यज्ञ ओलीको निधन भएको पल्लीकोटबाट राजु रजालीले जानकारी दिए ।

सडकबाट करिव चार सय मिटर तल खसेको डोजरको चालक विचमै मृत अवस्थामा फेला परेको बताइएको छ । दुर्घटना भएको डोजर बिहीवार सिस्ने खोलामा निर्माणाधिन कल्भर्टको आंशिक काम सकाएर लुम्छा फर्किर्दै गरेको थियो ।

सिस्ने खोलाको घुर्मीघाटमा पल्लीकोट र जुभूङ जोड्ने कल्भर्ट बन्दै छ । विगत लामो समय देखि पल्लीकोटसंगै त्यसआसपासको क्षेत्रमा नयां ट्रयाक खोल्ने, सडक स्तरोन्नती गर्ने र भौतिक पुर्वाधार निर्माणको काममा चालक ओली सक्रिय रहदै आएको जुभुङबाट जीवन गाहाले जानकारी दिए ।

  • २७ जेष्ठ २०७९, शुक्रबार १३:२२ प्रकाशित